काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके)को सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि यो बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१४.२५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २२७.१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।
बैंकले लाभांश, मर्जर प्रक्रियालगायतका अजेन्डा अनुमोदन गर्न आफ्नो २८ औँ वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन्।
सभाले बोनस सेयर जारी भएपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोल सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
सोही सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ।
सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गर्नेछ।
मर्जर प्रयोजनका लागि बैंक सेयर कारोबार गत असारबाट रोक्का रहेको छ। यसर्थ असार १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago