काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२४.३५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको सेयरभाउ प्रतिकित्ता ९४८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ लक्ष्मी लघुवित्तले आज फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

संस्थाले आफ्नो ११ औँ वार्षिक साधारणसभा  यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७२ बमोजिम संस्थामा रहेको लक्ष्मी बैंकको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिणत गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।