काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेप्सेले मूल्य समायोजन गर्दै अरुण भ्याली हाइड्रोपावरको प्रतिकित्ता ५२३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५७५ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै कारोबार खुल्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज १० गतेसम्म कायम सेयरधनीहरुमा लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सोही बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.५ प्रतिशत अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पनि सभाले पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19