काठमाण्डौ । बोनस सेयर प्रयोजनार्थ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै नेपाल लाइफको प्रतिकित्ता १०८५.०९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १२३७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही चैत २१ गते आयोजना गर्दैछ। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६÷७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस सेयर १४ प्रतिशत र कर प्रयोजनार्थ ०.७३६४ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष निर्णय पनि परिवर्तन गर्नेछ। हाल कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा रहेको छ।
सोही सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19