काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) को सेयरमूल्य समायोजन गरिएको छ।
नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि साल्ट ट्रेडिङको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६८३.६४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५१५२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब हिजो चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो ५५ औँ वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत पनि पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19