काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५४४.३४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५७७ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउने भएको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज वैशाख १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो वैशाख ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा यही वैशाख २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ७ करोड १० लाख १६ हजार २६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशतले हुन आउने ३७ लाख ३७ हजार ६९८ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउनेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सोही सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19