काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि किसान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १००८.३३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको प्रतिकित्ता १२१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आज जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो जेठ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको धनगढीमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। बोनस सेयर वितरण र थप साधारण सेयर निष्कासन (एफपीओ) गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
अन्य उपयुक्त लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारीलाई सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। संस्थाको केन्द्रीय कार्यालय सार्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19