काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै ङादी ग्रुप पावरको प्रतिकित्ता २६३.६० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५०९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
कम्पनीले हकप्रद निष्कासनका लागि आज असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असार १९ गतेसम्म कायम सेयरधनीहरु मात्र यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्।
कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ङादी ग्रुप पावरलाई असार ९ गते १ः१.५ अनुपातमा अर्थात चुक्तापुँजीको १५० प्रतिशतबराबरको हकप्रद निष्कासनको अनुमति दिएको छ।
अनुमति पाएसँगै अब यो कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19