 
                     
                                
                             
                                    काठमाण्डौ । गत आर्थिक वर्षको प्रतिफलका लागि सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को इकाइमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै यो योजना प्रतिइकाइ १०.३० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो योजनाको प्रतिइकाइ ११.५० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो योजनाका इकाइहरु खरिदबिक्री हुनेछन्।
योजना व्यवस्थापक सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल वितरणार्थ आज भदौ २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ २८ गतेसम्म कायम इकाइधनीहरुले यो योजनाको घोषित प्रतिफल पाउनेछन्।
यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरिएको छ। जसअनुसार १० करोड ३२ लाख रुपैयाँ इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलको सञ्चालक समितिले निर्णय गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19