काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। 

राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई सपथ ग्रहण गराएका हुन्। खतिवडासँग उनले नेपाली भाषामा सपथ ग्रहण गरेका थिए। त्यसपछि उनले नेपाल भाषामा पनि सपथ लिए। 

सोही समारोहमा मेयर बालेनले उपमेयर सुनिता डंगोल वडाध्यक्ष र सदस्यहरुलाई पनि सपथ ग्रहण गराएका छन्।

मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।