काठमाण्डौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले आज(फागुन १९ गते)देखि सतप्रतिशत हकप्रद सेयरको बिक्री खुलाएको छ । 

यो कम्पनीले १०० रुपैयाँ दरका कुल ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । 

इच्छुक सेयरधनीले आगामी चैत २४ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन्।

मेरो माइक्रोफाइनान्सले हकप्रद प्रयोजनका लागि माघ २४ गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ माघ २३ गतेभित्र यो कम्पनीको सेयर खरीद गरेकाहरुले मात्र सतप्रतिशत हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयरको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटल लिमीटेडले मिलाउनेछ ।

इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड फोरको रेटिङ उपलब्ध गराएको छ । जसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत भन्दा पनि कमजोर छ भन्ने हो ।

यो कम्पनीले निश्कासन गरेको सतप्रतिशत हकप्रदको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी बढेर ६५ करोड ७८ लाखको उचाई चुम्नेछ ।