काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३१.५८% लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गरेको प्रस्ताव गरेको हो । संस्थाले आफ्ना सेयरधनीहरुलाई ३०% बोनस सेयर र १.५८% नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकमा प्रस्ताव लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको र त्यहाँबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.७५% ले खुद नाफा बढाउन सफल भएको छ।

हालै सार्वजनिक चौथो त्रैमास विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ९ करोड ४७ लाख खुद रुपैयाँ नाफा आर्जन गरेको थियो ।

संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।