काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २३ हजार बढी कित्ता सेयर आज चैत ८ गतेबाट बिक्रीमा राखिएको छ। 

संस्थापक सेयरधनी एनआईसी एसिया बैंकको नाममा रहेको मेरो माइक्रोफाइनान्सको २३ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम २०० रुपैयाँ र वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यो सेयरमा ३५ दिनभित्र खरिद आवेदन पाइने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्ने सेयर कित्ता खुलाई काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ। 

तोकिएको मितिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ।