काठमाडौ । मेरो माइक्रो फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५ करोड ९९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा खुद नाफा गतबर्षको यसै अवधिको तुलनामा १३ दशमलव ५२ प्रतिशतले कम हो । गत वर्ष सोही अवधिसम्मकम्पनीले ६ करोड ९३ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी तथा संचालन मुनाफा घटेपछि नाफा घटेको हो । खुद ब्याज आम्दानी खुम्चिएर १५ करोड २२ लाख ८५ हजार तथा तथा सञ्चालन मुनाफामा समेत कमी आएर ९ करोड ४१ लाख ८१ हजारमा आइपुगेको छ । गत वर्ष कम्पनीको ब्याज आम्दानी र सञ्चालन मुनाफा क्रमशः १५ करोड ४७ लाख ३९ हजार र १० कारोड ८९ लाख ४ हजार रहेको थियो ।
संस्थाको लागत तथा कर्मचारी खर्चका बढेकाले ब्याज आम्दानी बढेपछन नाफा प्रभावित भएको हो ।
मेरो माइक्रोफाइनान्सले यस अवधिसम्म ६९ करोड ९४ लाख निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ३ अर्ब २ करोड लाख छ ।
कम्पनीको खराब कर्जा १ दशमलव ३९ प्रतिशत, कस्ट अफ फन्ड ९दशमलव ९४ प्रतिशत पुगेको छ । मेरोको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ २९ पैसा छ ।
चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ पुर्याएको कम्पनीको जगेडाकोषमा १२ करोड ३७ लाख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago