ipo
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि ७ करोड ३६ लाख भन्दा बढी रुपैयाँको आइपीओ जारी गर्ने भएको छ ।
यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यको कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले गत जेठमा रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ करोड ६८ लाख बढी मूल्यको आइपीओ निश्कासन गरेको थियो । जुन बाँडफाँड भइसकेको छ ।
पूर्व प्रतिबद्धता अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन हुनेछ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
यो कम्पनीको जारी पूँजी ३६ करोड ८१ लख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीमा संस्थापक, सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको सेयर स्वामित्व संरचना ७०ः२०ः१० प्रतिशत कायम हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago