काठमाण्डौ । अनलाइन ठगीका घटनाहरु लगातार बढिरहेका छन् । घोटाला गर्नेहरुले मोबाइल एपमार्फत पनि मानिसलाई लक्षित गर्छन्। 

तपाइँको एउटा गल्तीले तपाइँको बैंक खाता खाली हुन सक्छ। धेरै सुरक्षा जाँचपछि पनि स्क्यामरहरुले गुगल प्ले स्टोरमा मालवेयर वा भाइरसहरु भएका एपहरु उपलब्ध गराउँछन्।

प्रयोगकर्ताको व्यक्तिगत डाटाबाहेक यी एपले मोबाइल बैंकिङ विवरण पनि चोर्छन्। यी मालवेयरले भरिएका एन्ड्रोइड एपले प्रयोगकर्ताको लगइन विवरण, खाता नम्बर र अन्य वित्तीय विवरण चोर्छन्। 

तपाइँले यी ५ खतरनाक एन्ड्रोइड एप तुरुन्तै मेटाउन आवश्यक छ।

यी एपले तपाइँको डाटा चोर्नेमात्र नभई यसको मद्दतले तपाइँको बैंक खाता पनि खाली गर्न सक्छ। यसमा तपाइँ सावधान हुन आवश्यक छ। 

साइबर सेक्युरिटी कम्पनी थ्रेट फेब्रिकले प्रयोगकर्ताले यी एपमा सावधानी अपनाउनुपर्ने जनाएको छ। यी एप थर्ड पार्टी एपहरुमा पनि उपलब्ध छन्। धेरैपटक मानिसले मेसेजमा भेटिएको लिंकमा क्लिक गरेर यी एप इस्टल गर्छन्। 

यी ५ एपले चोर्न सक्छन् बैंकिङ विवरण

  • Recover Audio, Images & Videos
  • Zetter Authentication
  • File Manager Small, Lite
  • Codice Fiscale 2022
  • My Finances Tracker

यसरी रहनुहोस् सुरक्षित

यदि तपाइँले पनि यी एन्ड्रोइड एप इन्स्टल गर्नुभएको छ भने आफ्नो फोनबाट तुरुन्तै डिलिट गर्नुहोस्। यसबाहेक सुरक्षाका लागि सबै बैंकिङ पासवर्ड र पिनहरु परिवर्तन गर्नुहोस्। कुनै पनि र्थ पार्टी एप स्टोरबाट एपहरु डाउनलोड नगर्नुहोस्। यसबाहेक गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्दा निश्चित रुपमा यसको डेभलपर र रिभ्यूमा ध्यान दिनुहोस्।

यसरी थाहा हुन्छ कि भाइरस छ कि छैन

यदि तपाइँको फोनमा भाइरस छ भने डाटाको प्रयोग धेरै बढ्नेछ। भाइरस थुप्रै ब्याकग्राउन्डमा धेरै टास्क चलाउँछ र लगाता इन्टरनेटसँग कम्युनिकेट गरिरहन्छन्। तपाइँको फोनको ब्याट्री चाँडै सकिन थाल्छ। यदि तपाइँको फोनमा पपअप विज्ञापनहरु लगातार आउँदैछन् भने यो सही संकेत होइन।

यदि तपाइँको होम स्क्रिनमा यस्ता एप आउँदैछन् जुन तपाइँले डाउनलोड गर्नुभएको छैन भने तपाइँको फोनमा भाइरस हुन सक्छ। यसबाट बच्नका लागि तपाइँ एन्टी–भाइरस डाउनलोड गर्न सक्नुहुन्छ। यदि त्यसले पनि समाधान गर्दैन भने फ्याक्ट्री रिसेटको विकल्प बाँकी हुन्छ। यद्यपि आफ्नो एन्ड्रोइड फोन रिसेट गर्नुअघि ब्याकअप अवश्यक गर्नुपर्छ। –एजेन्सी