काठमाण्डौ । सनराइज बैंक लि. ले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ ।
बैंकले मोबाइल बैंकिङ्ग सेवा मार्फत नवीनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु बृद्घि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिबृद्घि कार्यक्रमहरु संचालन गर्दै आएबापत सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो ।
मोबाइल बैंकिङ्ग सेवाप्रदायक संस्था एफ वान इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार एक कार्यक्रमका बीच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरे ।
बैंकले १५२ एटिएम, १३० शाखा, २००० भन्दा बढी मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ६ लाखभन्दा बढी ग्राहकहरुलाई स्वदेश तथा बिदेशमा समेत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago