– प्रकाश न्यौपाने
काठमाण्डौ । नेपालको सेयर बजारमा कारोबार हुने हाइड्रोपावर कम्पनीहरुको संख्या बढ्दै गइरहेको छ।
पछिल्लो समय आईपीओ जारी गर्ने हाइड्रो कम्पनीहरुको संख्या बढी देखिन्छ। अझै आधा दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनीहरुको आईपीओ सर्वसाधारणका लागि जारी हुन लागेका छन्। ती कम्पनीमध्ये केही कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेका छन् भने केहीले बिक्री खुला गरिरहेका छन्।
पछिल्लो समय आईपीओ बिक्री गरी बाँडफाँडसमेत भइसकेको हाइड्रो कम्पनीमध्ये एउटा हो, मोलु हाइड्रोपावर कम्पनी। यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुन बाँकी छ। नेप्सेमा सूचीकृत भएसँगै धितोपत्र दोस्रो बजारमा यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
यो कम्पनीले २०७४ चैत १२ मा जलविद्युत आयोजनाको निर्माण कार्य सकेर विद्युत उत्पादन थालिसकेको छ। कम्पनीले ७ मेगावाट विद्युत उत्पादन गरिरकेको छ।
यो कम्पनीको प्रतिमेगावाट २० करोड ८० लाख रुपैयाँ खर्च रहेको छ।
सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर बिक्री गरेको यो कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) चालु आर्थिक वर्षमा ७.२३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। २०८१–८२सम्म भने यो कम्पनीको ईपीएस ९.७९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
चालु आर्थिक वर्षमा मोलुङ हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ८५.१७ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। अबको २ वर्षपछि अर्थात आर्थिक वर्ष २०८१–८२ मा भने यो कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.१३ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
चालु आर्थिक वर्षमा चुक्तापुँजी ८० करोड २५ लाख रुपैयाँ रहेको कम्पनीले पहिलो त्रैमासमा २ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म विद्युत बिक्रीबाट ९ करोड ४१ लाख रुपैयाँ बढी आम्दानी गरेको देखिन्छ।
यस्ता छन् कम्पनीको भावी योजना र रणनीति
व्यवसाय तथा सेवाको वृद्धिका लागि संस्थाको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयबद्ध रणनीति
कम्पनीले आफ्नो व्यवसाय वा सेवाको बृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयबद्ध रणनीति निम्नानुसार छ–
प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिका आधारमा संगठित संस्थाको व्यवसायको भविष्य
नेपालमा जलविद्युत उत्पादको प्रचुर सम्भावना रहेको भएपनि वर्तमान अवस्थामा विद्युतको माग र आपूर्तिबीच ठूलो खाडल रहेको छ। विद्युतको पर्याप्त विकास हुन सके छिमेकी मुलुकहरुमा निर्यात गर्न पनि सकिन्छ। त्यसैले यो व्यसायमा प्रतिस्पर्धाको आवस्था आउने छैन। यसर्थ कम्पनीले आफ्नो व्यवसायको निरन्तरताका लागि अगाडि बढाएका जलविद्युत आयोजनाहरुको निर्माण र अन्य आयोजनाको पहिचान तथा विकास गर्दा अन्य वस्तुको जस्तो प्रतिस्पर्धा गर्नुपर्दैन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19