 
                     
                                
                             
                                    काठमाण्डौ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउन र ब्याजदर घटाउन सहयोग गर्ने बताएका छन् ।
१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर निरन्तर पहल भएकाले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी बृद्धि गर्छ, उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित छ ।’
साथै उनले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने पनि बताए। ३ करोड रुपैयाँभन्दा कमको आयोजना संघीय सरकारले अगाडि नबढाउने उनले बताए ।
उनले भने, ‘१ करोड रुपैयाँभन्दा कमको आयोजना प्रदेशले पनि नहाल्ने, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने गरि कार्यविधि आइसकेको छ ।’
उनले अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुने भन्दै आन्तरिक बजेटमा अनुशासन कायम हुने र बेथितिको अन्त्य हुने बताए ।
आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको भन्दै उनले संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरुको संस्कृति र परम्परा यहाँको आकर्षण बनेकोबताए ।
मन्त्री महतले चितवन गतिशील जिल्ला भएको पनि बताए ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19