काठमाण्डौ। यो साता कारोबारको पहिलो दिन आइतबार नै बजार खुलेको साढे ६ मिनेटमै नेप्से परिसूचकमा उछाल आएको छ।

नेप्से परिसूचकमा ४.०५ प्रतिशतको बढोत्तरीसँगै पहिलो पोजेटिभ सर्किट ब्रेक लग्दै कोरोबार २० मिनेटका लागि स्थगित गरिएको छ। आर्थिक वर्ष २०७÷७८८ को मौद्रिक नीतिले सेयर बजारमैत्री भएको ठहर गर्दै चौतर्फी प्रशंसा पाइरहेको सन्दर्भमा आम लगानीकर्ताहरुको मनोबल ह्वात्तै बढ्दा नेप्से परिसूचकमा उछाल आएको हो।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५६.४४ अंकको बढोत्तरीसँगै १४५१.२१ को उचाइमा पुगेको छ। अहिलेसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ८१ कम्पनीका १ लाख ८ हजार ७० कित्ता सेयर ३ करोड ६९ लाख ८५ हजार ८०८ रुपैयाँमा कारोबार भएको छ। 

अहिलेसम्म ९ वटा कम्पनीको सेयरमूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ भने एउटा पनि कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छैन।