investment
काठमाण्डौ । एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले दोश्रो म्यूचुअल फण्डको रुपमा ‘एनएमबी हाइब्रिड फण्ड एण्ड एल १’ योजना ल्याएको छ । यो योजनामा सर्वसाधारणलाई समेत लगानीको ठूलो अफर गरिएको छ ।
एनएमबी क्यापिटलले यसअघि ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १’ नामको म्युचुअल फण्ड ल्याइसकेको छ ।
दोश्रो म्युचुअल फण्डको रुपमा आएको ‘एनएमबी हाइब्रिक फण्ड एण्ड एल १’ ले भदौ २६ गतेदेखि ८० करोड मूल्यको ८ करोड यूनिट(इकाई) सेयर निश्कासनको घोषणा गरेको हो । भदौ २६ गतेदेखि इच्छुक लगानीकर्ताले १० रुपैयाँ अंकित मूल्यको यो म्युचुअल फण्डको इकाई खरीदका लागि आवेदन दिनसक्नेछन् ।
आवेदन आगामी भदौ ३१ गतेसम्म दिइसक्नुपर्ने बताइएको छ । सो मितिसम्म पनि आवश्यक आवेदन नपरे त्यसपछि अधिकतम मिति भनेर असोज ९ को समयसीमा तोकिएको छ ।
इच्छुकले न्यूनतम १ सय इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
यो म्युचुअल फण्डले सार्वजनिक निश्कासन गर्ने भनेको ८ करोड युनिट सेयरमध्ये २ करोड युनिट एनएमबी बैंक, एनएमबी क्यापिटललाई छुट्याएको छ । यसको अर्थ यो म्युचुल फण्डमा एनएमबी बैंकको १४ प्रतिशत र एनएमबी क्यापिटलको १ प्रतिशत लगानी रहनेछ । बाँकी ६ करोड युनिट(इकाई)मा सर्वसाधारणले लगानी गर्न पाउनेछन् ।
दोश्रो म्युचुअल फण्डको सार्वजनिक निश्कासनमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्ने बताइएको छ ।
एनएमबी हाईब्रिड फण्ड सात वर्षको योजना हो । यो इकाई निश्चित अवधिका लागि हुने र तोकिएको अवधिको समाप्तिपछि लगानीकर्ताले इकाईको तत्कालीन मूल्य बराबरको पैसा फिर्ता पाउनेछन् ।
एनएमबी क्यापिटलको दोश्रो म्युचुल फण्डको स्कीममा लगानी गर्न चाहनेले नागपोखरीस्थित क्यापिटलको मुख्य कार्यालय, एनएमबी बैंकको बबरमहलस्थित मुख्य कार्यालय र देशभरका शाखा कार्यालयहरुबाट आवेदन दिनसक्ने सुविधा उपलब्ध गराइएको छ ।
स्मरण रहोस्, यसअघि अस्तित्वमा रहेको पहिलो एनएमबी क्यापिटलको पहिलो म्युचुअल फण्ड एनएमबी सुलभ फण्ड १ को अन्तिम कारोबार मूल्य १६.२० रुपैयाँप्रति इकाई रहेको छ ।
र, यो पनि पढनुहोस्
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago