काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत् साधारण सेयर निष्कासन गर्ने भएको छ ।

उक्त कार्य गर्नको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाण्डौमा रजिष्टर्ड कार्यालय रहेको उक्त कम्पनीको ब्रुअरी फ्याक्ट्री चितवनको खैरहनी नगरपालिका-४  मा छ ।

कम्पनीले हाल अर्ना, यति, वाईबी, शिखर लगायत किंगफिसर जस्ता ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।