काठमाण्डौ । बजारको वृद्धि २ दिन पनि टिकेन । फलस्वरुप नेप्से परिसूचकमा बुधबार २०.६३ अंकको उच्च गिरावट आएको छ । नेप्से परिसूचक घटेर १४१६.६१ विन्दूमा सीमित बन्न पुुग्दा बजार राताम्मे भयो । सोमबार र मंगलबार नाटकीय रुपमा बढेको बजारमा बुधबार भने सेयर बिक्री गर्नेहरुको चाप ह्वात्तै बढेको देखियो ।
विश्लेषकहरुका अनुसार २ दिनमा बढेको मूल्यबाट नाफा बुक गरिहाल्ने सर्ट टर्म कारोबारीको हातारो, बजार बढाउने कुराहरु परिपक्व रुपमा नआउनु, क्रेडिट क्रञ्चको अवस्था अझ भयावह हुँदै जानुु, नियामक निकाय र सरोकारवाला निकायहरुको तरलताको समस्या सहज बनाउन भइरहेका प्रयासहरु प्रभावकारी नहुनुु, पुसको तेश्रो साता भएका कारण अधिकांश ठूला लगानीकर्ता सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासको पर्खाईमा बस्नुु तथा राजनीतिक वातावरण बिग्रिएर तत्काल सरकार गठन हुने अवस्था क्षीण हुँदै जानुु र लामो समयसम्म कामचलाउ सरकार रहँदा सरकारी ढिकुटीमा खर्च गर्न नसकेर थुुप्रिएको अरबौं रुपैयाँ तत्काल प्रणालीमा आउने संभावना समेत क्षीण हुँदै जाने लगायतका कारणले बजारमा फेरि गिरावट सुरु भएको हो ।
बुधबार बजारमा मंगलबार देखिएको शुुभ संकेतले निरन्तरता पाउन सकेन । यसको अर्थ बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आयो । मंगलबारको तुलनामा बुधबारको कारोबारमा १७ करोडले कमी आयो, यो पनि ठूलै पहिरो हो ।
यो दिन अधिकांश समूहको सूचकमा पहिरो गयो । बैकिंग समूह १६.२८ अंकले घट्यो भने विकास बैंक, बिमा र माइक्रोफाइनान्स समूह क्रमशः १७.१६, १३४.८२ र २६.६८ अंकले घट्न पुुगे । यस्तै, व्यापारिक समूह १.३५, होटल समूह २९.३३, जलविद्युत समूह २६.०१, बित्त समूह ४.८, उत्पादनमूलक १.४, अन्य समूह १९.३८ अंकले घटे ।
'क' वर्गका कम्पनीहरुको कारोबारमा मन्दी आउँदा सेन्सेटिभ इण्डेक्समा पनि ४.३९ अंकको पहिरो गयो । समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि १.४ अंकले घट्न पुुग्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५५ कम्पनीका ८ लाख ९० हजार ४ सय ६३ कित्ता सेयर ४४ करोड ५५ लाख ४६ हजार ५ सय ७५ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी नेपाल टेलिकमले ४ करोड ३० लाख बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ९१ लाख, प्रभूू बैंकले ३ करोड ८७ लाख, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले २ करोड २ लाख, सानिमा माई हाइडो पावर कम्पनीले १ करोड ७० लाख, एभरेष्ट बैंकले १ करोड ६६ लाख, नवील बैंकले १ करोड ३४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी मल्टीपर्पोज फाइनान्स कम्पनीले कमायो । यो कम्पनीको सेयर मूल्य ५.६० प्रतिशतले वृद्धि भयो । कालिमा माइक्रोक्रेडिटको मूल्य समेत ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो।
यो दिन महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घट्यो । यस्तै, खानिखोला हाइडोपावरको सेयर मूल्य पनि ६ प्रतिशतकै हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago