 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।
नेप्सेको आजको निर्णयअनुसार खानीखोला हाइड्रोपावरको धितोपत्र कारोबार दोस्रो बजारमा रोक्का गरिएको हो। नेपाल धितोपत्र बोर्डले वित्तीय विवरणहरु समयमै सार्वजनिक नगरेको भन्दै पत्र पठाएपछि नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मो भएको व्यवस्थाबमोजिम यो कम्पनीको सेयर कारोबार रोक्का गरिएको जनाएको छ।
यो कम्पनीको आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २५० रुपैयाँ कायम भएको छ। आज यो कम्पनीको सेयरभाउ ६ रुपैयाँले ओरालो लागेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19