काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले निश्कासन गरेको रु. २ अर्ब ५० करोड बराबरको ऋणपत्र बाँडफाँड भएको छ । 

बैंकले निश्कास गरेको '१०.२५% सिटिजन्स बैंक ऋणपत्र-२०८६' को बाँडफाँड सम्पन्न भएको हो । 

बैंकले रु. २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता डिबेन्चर मध्ये सामूहिक लगानी कोषका लागि संरक्षण गरिएको ५०,००० कित्ता मध्ये ३०,००० कित्ता डिबेन्चर बाँडफाँट भई बाँकी २४,७०,००० कित्ता डिबेन्चर व्यक्तिगत तवर तथा सर्वसाधारणका लागि फागुन २० गतेदेखि चैत ४ गतेसम्म निश्काशन तथा बिक्री खुल्ला गरिएकोेमा रितपूर्वक आवेदन दिने ३१७ जना आवेदकहरु मध्ये सर्वसाधारण समूहका आवेदकहरु सम्पूर्णलाई निजहरुले आवेदन गरे बमोजिम डिबेन्चर बाँडफाँट गरिएको बैंकले जनाएको छ । 

साथै व्यक्तिगत तवरमार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँटमा नपरेका डिबेन्चरबापत बाँकी रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा चैत ३० गते आइतबारदेखि आइपीएसमार्फत सिधै बैंक खातामा रकमान्तर गरिने बैंकले जनाएको छ ।