काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ‘ग्लोबल मनी विक’ मनाउनको आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ।
यही चैत ७ गतेदेखि १२ गतेसम्म एक हप्ताका लागि ग्लाबल मनी विक मनाउन सेबोनले तयारी पूरा गरेको हो। खासगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको सेबोनले जनाएको छ।
यो कार्यक्रम अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टको आयोजनामा वार्षिक रुपमा मनाइने गरिन्छ। सेबोनले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा मनाउन लागेको हो।
कार्यक्रममा धितोपत्र बजारमा रहेका नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, रेटिगं एजेन्सीको समेत उल्लेख्य सहभागिता रहने सेबोनले जनाएको छ।
धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हकहितको संरक्षण गर्ने मुख्य उद्देश्य लिएको सेबोनले यस प्रयोजनका लागि बजारसम्बन्धी सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गर्दै पुँजी बजारसम्बन्धी साक्षरतामा अभिवृद्धि गर्नका लागि यो सप्ताह महत्वपूर्ण रहेको छ। धितोपत्र बजार क्रमशः देशव्यापी हुँदै गएको पृष्ठभूमिमा बजारका बारेमा जानकारी दिई आमसर्वसाधारणलाई धितोपत्र बजारसम्बन्धमा रहे भएका द्विविधा हटाउने, बजारसम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धिमार्फत सबलीकरण गरी बजार प्रवेशमा प्रोत्साहित गर्न बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको हो।
यस सप्ताहमा देहायबमोजिमको कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ–
यस सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्वको बारेमा आमसर्वसाधारणमा व्यापक सञ्चार भई उनीहरुमा यस बजारमा प्रवेश गर्न उत्साहित हुने, वित्तीय साक्षरता अभिवृद्धि हुने र यसबाट पुँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago