काठमाण्डौ। सरकारले विदेशबाट फर्किने नेपालीलाई क्वारेन्टिनमा राख्ने होटेलहरुको सूची सार्वजनिक गरेको छ।
सरकारले सार्वजनिक गरेको सूचीमा ४७ वटा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन्। जसमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका तर चारतारे होटलसरहको मूल्य तिर्नुपर्ने २७ होटल छन्।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौद्वारा सार्वजनिक सूचीमा चारतारे होटलहरु ग्राण्ड (काठमाण्डौ), ड्रिमल्याण्ड गोल्ड रिसोर्ट (मणिगांम, रुपन्देही) र स्विस इन्टरनेसनल होटल सरोवर (पोखरा) छन्।
सरकारले विदेशबाट नेपालीलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ। होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्नेछ।
गत शुक्रबार म्यानमार २६ जना र यूएईबाट १६८ जना नेपाली आएका छन्। ऋयन देशबाट पनि नेपालीलाई ल्याउने सरकारको तयारी भइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago