काठमाण्डौ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ। 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन्। 

मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित ६ वटा निर्णय गरेको छ। त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित ४ वटा निर्णयहरु पनि बैठकले गरेको छ। 

उद्योग, कृषि, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, युवा तथा खेलकुद, वन तथा वातावरण, शिक्षा, श्रम, संघीय मामिला, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित निर्णयहरु पनि मन्त्रिपरिषद्ले गरेको छ। 

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु–