काठमाण्डौ । सरकारले स्विट्जरल्यान्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन (करिब ९५ करोड रुपैयाँबराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णयबारे जानकारी गराएका हुन्। गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि उक्त अनुदान सहयोग सरकारले स्वीकार्ने निर्णय गरेको हो। 

सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ सस्टेनुबलवास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन (करिब १ अर्ब ३७ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय –