काठमाण्डौ । जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। 

आज बिहानसम्मको तथ्यांकअनुसार भूकम्पमा परी जाजरकोटमा १०५ जना र रुकम पश्चिममा ५२ जना गरी १५७ जनाको ज्यान गएको हो। भूकम्पमा परी २५३ जना घाइते भएका छन्। तीमध्ये जाजरकोटमा ११२ जना, रुकुम पश्चिममा १३२ जना, जुम्लामा ५ जना तथा दैलेख र सल्यानमा २–२ जना छन्। 

यसैबीच भूकम्पपीडितका विभिन्न निकायले सहयोगको घोषणा गरेका छन्। जसमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। 

यसैगरी नेकपा एमालेको १ करोड र नेपाली कांग्रेसले ५० लाख आर्थिक सहयोगको घोषणा गरेका छन्। 

टेलिकमको भूकम्पग्रस्त जिल्लामा ४ दिन निःशुल्क सेवा र अरनिको यातायातले काठमाण्डौबाट जाजरकोट निःशुल्क यातायातको व्यवस्था गरेका छन्। 

उता बुद्ध एयरले १ करोडको आर्थिक सहायता, नेपाल आयल निगमले उद्धारमा खटिने सबै हवाई साधनको इन्धन निःशुल्क दिने, काठमाण्डौ मेडिकल कलेजले घाइतेको निःशुल्क उपचार र दुर्गा प्रसाईको अभियानबाट घरबासपीडितलाई निःशुल्क आवासको घोषणा गरिएको छ। 

सरकारले राज्यको सबै संयन्त्र प्रयोग गरी उद्धार अभियान चलाएको छ। छिमेकी राष्ट्र भारत र चीनले आवश्यक सहयोगको प्रतिबद्धता गरेका छन्। 

क्यानले आज हुने क्रिकेटको फाइनल खेलमा टिकटबाट उठेको रकमको आधा रकम भूकम्पपीडितलाई वितरण गर्ने घोषणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। अर्ना बियरले २५ लाख आर्थिक सहयोग गर्ने घोषण छ।

सबै राजनीतिक दलका नेताकार्यकर्ता आवश्यक सहयोग र उद्धारमा तत्परता देखाएका छन्।