काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घाटामा रहेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीेले समीक्षा अवधिमा २ करोड १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि कम्पनीले यही अवधिमा १ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीले यो अवधिमा अन्य स्रोतबाट १ लाख ४२ हजार रुपैयाँमात्र आम्दानी गरेको छ।
कम्पनीको प्रशासनिक खर्च ११.२२ प्रतिशतले घटेर १ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो खर्च १ करोड १५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको रिजर्भ १५ करोड ८७ लाख रुपैयाँले ऋणात्मक छ। गत वर्ष पनि रिजर्भ ९ करोड ५४ लाख रुपैयाँले ऋणात्मक नै थियो।
चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ८६ पैसाले ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९५.१७ रुपैयाँ रहेको छ।
कम्पनीका दुईवटा जलविद्युत आयोजनाहरु निर्माणाधीन छन्। जसमा ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना र १४.८ मेगावाट क्षमताको माथिल्ला सान्जेन जलविद्युत आयोजना छन्।
यीमध्ये सान्जेनको ८१ प्रतिशत र माथिल्ला सान्जेनको ९८ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। लगभग यी दुवै आयोजना अन्तिम चरणमा रहेको कम्पनीको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19