काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर यही सातादेखि कारोबार हुने भएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जनरल इन्स्योरेन्सबीच सूचीकरण सम्झौताका लागि फाइल अध्ययन भइरहेको नेप्सेका एक अधिकारीले जानकारी दिए। ती अधिकारीले २ वा ३ दिनभित्र सूचीकरण हुने र कारोबार खुल्ने दाबी पनि गरेका छन्।
नेप्सेले सानिमा जनरललाई ‘एसजीआई’ कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु.१०३.७३ देखि रु. ३११.१९ सम्म मूल्य रेन्ज प्रदान गरिनेछ।
नेप्सेमा सूचीकृत भएको भोलिपल्टका दिन स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५ ) मा सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (बिहान ११ देखि दिउँसो ३ बजे) मा कारोबार हुनेछ।
चुक्तापुँजी १ अर्ब पुर्याउन यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19