काठमाण्डौ । अब नेपाल धितोपत्र बोर्डको कार्यालय ललितपुरको  खुमलटार सर्ने भएको छ। 

हाल जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालय खुमलटार सर्ने भएको हो। बोर्डकी सूचना अधिकारी दीपा दाहालले यही पुस मसान्तभित्र कार्यालय खुमलटार सर्ने जानकारी दिइन्। ‘घरभाडा निर्धारण समितिले तोकेअनुरुप मासिक भाडामा कार्यालय सार्न लागिएको हो’, उनले भनिन्, ‘अहिले ३ वर्षका लागि खुलमटारमा रहेको भवन लिजमा लिइएको छ।’ 

बोर्डको कार्यालय खुमलटारको एक्जओटिक ओरियन्टल ड्राफ्ट प्रालिको बिल्डिङमा सर्ने भएको छ। पहिले त्यहाँ वैकल्पिक ऊर्जा केन्द्र बसेको थियो। सातदोबाटोबाट करिब आधा किलोमिटरअगाडि प्रिमियर स्कुल छेउमा अब धितोपत्र बोर्डको कार्यालय हुनेछ।