काठमाण्डौ । देशमा चलिरहेको लकडाउनका समयमा स्मार्टफोन सबैभन्दा जरुरी चिज बनेको छ।
घरमा नै बस्नुुपरेका कारण मानिसहरु आफ्नो सबै काम अनलाइनबाट गर्नुु परिरहेको छ। साथै एकअर्कासँग जोडिन पनि स्मार्टफोनको प्रयोग भइरहेको छ।
फोनको यस्तै आवश्यकताको फाइदा केही साइबर ह्याकरहरुले उठाइरहेका छन्। तिनीहरु फोन ह्याक गर्न मानिसहरुको जानकारी जुुटाउँछन् र फेरि उनीहरुको निजी जानकारीदेखि वित्तीय डेटाको दुुरुपयोग गर्छन्।
यदि तपाइँ पनि ह्याकिङबाट बच्न चाहनुुुहुुन्छ भने यी कुुराहरुलाई विशेष ध्यान दिनुुहोस् :
१. तपाइँ आफ्नो फोनमा जति पनि एप्लिकेसन डाउनलोड गर्नुुहुुन्छ तिनीहरु सुुरक्षित प्लेटफर्मबाट नै डाउनलोड गर्नुहोस्। सीधै कुुनै वेबसाइडबाट पनि डाउनलोड नगर्नुुहोस्। कुुनै एप डाउनलोड गर्नुअघि सबै सर्तहरु राम्रोसँग पढ्न र बुुझ््न आवश्यक छ।
२. तपाइँलाई कुुनै चिज खरिद गर्नुुछ वा कुुनै वित्तीय कारोबार गर्नुुपर्ने भएमा वेबसाइट एचटीटीपीएसबाट सुुरु हुुन आवश्यक छ। ‘एस’ को अर्थ सेक्युुरिटी हुुन्छ। यदि तपाइँ आफ्नो वित्तीय डेटा जस्तै– बैंक विवरण, डेबिट क्रेडिट कार्डको जानकारी कुनै बिना ‘एस’ वाला वेबसाइटमा हाल्नुुहुुन्छ भने डेटा सुुरक्षित हुुँदैन। यसको प्रयोग अरु कसैले पनि गर्न सक्दछ।
३. साइबर सुुरक्षाका विषयमा मानिसहरु आफैँ सजग र जागरुक हुुन आवश्यक छ। अनजान एप्स कहिल्यै पनि डाउनलोड गर्नुुहुुन्न।
४. आजकल केही मोबाइल स्पाइवेयर आइरहेको छ। ह्याकर तपाइँको मोबाइल फोनमा मिस्ड कल गर्छ र यसबाट एक स्पाइवेयर तपाइँको फोनभित्र जान्छ र एक्टिभ हुुन्छ। यो स्पाइवेयर फोनमा भएका सारा डेटा कपी गरेर बाहिर पठाउँछ। यसकारण तपाइँ धेरै होशियार हुुनुुपर्छ।
तपाइँको फोन ह्याक भएको छ कि छैन ? कसरी थाहा पाउने ?
फोन ह्याक हुुँदा अनौठा हर्कत हुुन थाल्छ। आफैं स्मार्टफोनमा भएका एप्लिकेसनहरु खुुल्न थाल्छन्। डेटा प्रयोग एकदमै धेरै बढेर जान्छ। एप्सहरु आफैँ डाउनलोड हुुन थाल्छन्। रोक्ने प्रयासका बाबजुद पनि डाउनलोड रोकिँदैन। फोन धेरै तातो हुुन्छ। ह्याक भएको फोनमा पपअप विज्ञापनको बाढी नै आउँछ। इन्टरनेट सर्फिङ गर्दा यति धेरै विज्ञापन देखिन्छ कि जसले तपाईँलाई आजित तुुल्याउँछ।
यदि तपाइँको फोन ह्याक भइरहेको छ भने तपाइँ उक्त फोनको प्रयोग नगर्नुुहोस्। अन्य कुुनै फोनबाटै काम चलाउनुुस्। फोनको ब्याकअप लिएर आवश्य राख्नुस्। यदि फोन ह्याक भएको खण्डमा त्यसलाई फर्मयाट गर्नुुहोस्। फोनलाई फोरेन्सिक जाँच गर्नुु राम्रो मानिन्छ। यदि तपाइँ मोबाइल फोन लगातार अपडेट गर्र्दै हुुुनुुहुुन्छ भने तपाइँ लेटेष्ट प्याकेज प्रयोग गरी ह्याकिङबाट आफ्नो फोन बचाउन सक्नुुहुुन्छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19