काठमाण्डौ । दुई कम्पनीको लिलामी सेयरमा खरिद आवेदन दिने आज कात्तिक २० अन्तिम दिन रहेको छ।
नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर गत कात्तिक १६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।
कम्पनीले विशाल ग्रपको नाममा रहेको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम २ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।
इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।
यसैगरी कुमारी बैंकले गत कात्तिक १४ गतेदेखि ५ लाख ३० हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा इच्छुक जोसुकै व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन काठमाण्डौको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा दिनुपर्नेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19