काठमाण्डौ । तपाइँ हामीले बजारमा कति रुपैयाँसम्मको मोबाइल फोन देखेका १० किनेका छौँ ? १ लाख रुपैयाँ, २ लाख रुपैयाँ, ५ रुपैयाँ वा १० लाख रुपैयाँ ?
एउटै झन्डै १ अर्ब पर्ने मोबाइल फोन पनि छ भन्दा आश्चर्य लाग्न सक्ला। यो वास्तविक हो। हामी यहाँ यस्तै महँगा फोनबारे यहाँ चर्चा गर्न गइरहेका छौँ।
१. डाइमन्ड रोज आईफोन ३२ जीबी
यो एप्पल कम्पनीको सबैभन्दा महँगो फोन हो। सायद विश्वमै यो महँगो फोन पनि होला। यसमा ५०० टुक्रा हीरा जडित हुन्छन्। यो फोनमा ८ एमपीको प्राइमरी र २ एमपीको सेकेन्डरी क्यामेरा दिइएको छ। यसको मूल्य करिब ९७ करोड ५० लाख रुपैयाँ पर्छ।
२. गोल्ड स्टिकर आईफोन थ्रीजी
२९ करोड ४८ लाख रुपैयाँ पर्ने यो फोन सन् २००९ मा आएको थियो। यसलाई स्टुअर्ट ह्युजले डिजाइन गरेको थियो।
३. भीआईपीएन ब्ल्याक डाइमन्ड
करिब ३ करोड ६४ लाख रुपैयाँ पर्ने यो फोनको सीमित एडिसनमात्र आएको थियो। यो फोन केवल ५ वटामात्र बनाइएको थियो।
४. दी डाइमन्ड क्रिप्टो
यो फोनको मूल्य करिब ६९ लाख ५० हजार रुपैयाँ पर्छ। फोनमा मोटोरोला एमएक्स २१ प्रोसेसर लगाइएको छ। यसको इन्टरनल मेमोरी केवल ६४ एमबी रहेको छ।
५. साम्भेली श्यामपेन डाइमन्ड
यो फोन मूल्य यसमा लगाइएको म्याटेरियल र डिजाइनका कारण महँगो रहेको छ। यसको मूल्य करिब ६८ लाख ७० हजार रहेको छ।
६. भर्तु एस्टर पी गोल्ड
यो फोनको मूल्य करिब १७ लाख २० रुपैयाँ पर्छ। यही फोनको सस्तो अर्थात बेस भेरियन्ट लगभग ६ लाख ४० हजार रुपैयाँमा पाइन्छ।
७. सिरिन सोलारिन
यो फोनको मूल्य करिब १७ लाख रुपैयाँ पर्छ। फोन पुरानो हो र यो एन्ड्रोइड ललीपप ओएसमा चल्छ।
८. गोल्डभिस इक्लिप्स
यो फोनको मूल्य ९ लाख ३१ हजार रुपैयाँ पर्छ। यो फोन एड्रोइड भर्जनमा चल्छ। क्वालकम स्न्यापड्रेगन प्रोसेसरबाट चल्छ।
९. क्याभियर आईफोन एक्सएस म्याक्स
यो फोन रुसी कम्पनी क्याभियरले डिजाइन गरेको हो। यो शानदार फोनको मूल्य करिब ८ लाख ७० हजार रुपैयाँ पर्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19