काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।

आज हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत, लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, सगरमाथा जलविद्युत, हिमालयम पावर पार्टनर, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन लघुवित्तको वार्षिक साधारण सभा आयोजना हुँदैछ । 

यी कम्पनीहरुमध्ये हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रुरु जलविद्युत गरी ४ कम्पनीले मात्रै लाभांस वितरणको घोषणा गरेका छन् । 

हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांशको घोषणा गरेको छ । त्यस्तै नेपाल ल्यूब आयलले २५ प्रतिशत बोनस सेयर र ५ नगद गरी कुल ३० प्रतिशत लाभांशको घोषणा गरेको छ । मञ्जुश्री फाइनान्सले  ५.२५३ प्रतिशत नगद लाभांश र रुरु जलविद्युत कम्पनीले ०.५२६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । यी कम्पनीहरुको लाभांस वितरणको प्रस्ताव आज बस्ने वार्षिक साधारणबाट पारित हुनेछ ।