काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत १५ कम्पीको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।
आज सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स,बोटलर्स नेपाल (तराई),कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावर,नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, अपि पावर कम्पनी, मध्य भोटेकोशी लजविद्युत, सामलिङ पावर, एसियन हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) को साधारण सभा आज आयोजना हुन लागेको हो ।
यी कम्पनीमध्ये सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स नेपाल (तराई) गरी ४ कम्पनीले मात्रै लाभांश वितरणको प्रस्ताव साधारण सभामा पेश गर्दैछन् भने अन्य कम्पनीको अजेण्डामा लाभांश प्रस्ताव समावेश छैन ।
सपोर्ट लघुवित्तले गत आवका लागि १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद(कर प्रयोजनको लागि) लाभांस गरी कुल १६.६८ प्रतिशत लाभांशको घोषणा गरेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरले ६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
शिवम् सिमेन्ट्सले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांशको घोषणा गरेको छ । यसैगरी बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
यी चार कम्पनीद्वारा प्रस्तावित लाभांस आज बस्ने साधारण सभाहरुबाट पारित गरिनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19