काठमाण्डौ। सरकारले भोलि बिहीबारदेखि ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणअन्तर्गत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ।
पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ। मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ।
बागमती प्रदेशमा काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा खोप दिइनेछ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ।
बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइनेछ।
दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19