 
                     
                                
                             
                                    काठमाण्डौ । यो साता टप टेन कम्पनीहरुमध्ये दुई वटा अलग- अलग कम्पनीका सेयरधनीले ४६ प्रतिशतभन्दा बढी कमाएका छन् ।
ती कम्पनीहरुमध्ये पहिलोमा मुक्तिनाथ कृषि कम्पनी र दोस्रोमा नेपाल वेयर हाउजिङ्ग कम्पनी छन् ।  
यो साता पहिलो बन्न सफल भएको मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले ४६.३४ प्रतिशत आम्दानी गरेका छन् भने दोस्रो बनेको नेपाल वेयर हाउजिङ्ग कम्पनीका लगानीकर्ताहरुले ४६.३३ प्रतिशतले कमाएका छन् । 
तेस्रोमा भन् चिरख्वा हाइड्रो पावर रहेको छ । यसका लगानीकर्ताहरुले ३४.१५ प्रतिशतले कमाएका छन् ।  
 
यसैगरी, हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले ३४.१५ प्रतिशत, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २१.६२ प्रतिशत, सीईडीबी हाइड्रोपावरका लगानीकर्ताहरुले करिब १९ प्रतिशत, नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरुले १८ प्रतिशतले कमाएका छन् । 
त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताहरुले १३.६८ प्रतिशत, माउण्टेन इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले १२.७५ प्रतिशत र न्यादि हाइड्रोका लागनीकर्ताले १२.०९ प्रतिशत कमाएका छन् । 
 स्रोत : नेप्से
स्रोत : नेप्से
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19