काठमाण्डौ । आज(पुस ११ गते)देखि विभिन्न कम्पनीका संस्थापक समूहका १८ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले ६ र श्री गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टले ४ कम्पनी गरी कुल ९ कम्पनी १८ लाख २३ हजार ४६० कित्ता सेयर लिलामीमा राखिएको हो ।   

 प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले साइन सेसुंगा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७,नेपाल लाइफको ५ लाख २३ हजार ११२,आईसीएफसी फाइनान्सको ९२ हजार ६१६,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६७८,प्राइम कर्मसियल बैंकको ४९ हजार ७१७, प्रभु बैंकको ६८ हजार ७२९ कित्ता र कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो ।
त्यस्तै गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टले आईसीएफसी फाइनान्सको १ लाख ६ हजार १२ र हिमालयन लाइफको १ लाख २४ हजार ८३३ कित्ता सेयर लिलामीमा राखेको हो ।

साइन सेसुंगा डेभलपमेन्ट बैंकको न्यून्तम मूल्य १२०,नेपाल लाइफको ३२५,आईसीएफसी फाइनान्सको १७५,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२०,प्राइम कर्मसियल बैंकको ११०,र प्रभु बैंकको ११० रुपैया र कुमारी बैंकको न्यूनतम मूल्य ११० रुपैया निर्धारण गरिएको छ । 
त्यस्तै गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको आईसीएफसी फाइनान्सको संस्थापक सेयरको न्यूनतम मूल्य १७५ र हिमालयन लाइफको २०० रुपैयाँ तोकिएको छ । 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आईपुग्ने गरी पुस १९ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।