काठमाण्डौ । युट्युबमा भिडियो हेर्न कस्लाई मन नपर्ला। चलचित्रदेखि छोटो भिडियो सम्म सजिलैसँग यो प्लेटफर्ममा हेर्न सकिन्छ। यो गुगल एप धेरै कुरामा विशेष छ। तर भिडियोको बीचमा विज्ञापन देख्नु पर्दा यसको सम्पूर्ण रमाइलो बिग्रन्छ। 

युट्युब भिडियोहरु निःशुल्क हेर्नका लागि प्रयोगकर्ताले विज्ञापनहरु हेर्नुपर्छ। धेरैपटक यी विज्ञापन ४–५ सेकेन्ड वा १५ सेकेन्डसम्म हरेपछि मात्र स्किप गर्ने अप्सन आउँछ। विज्ञापनको समय धेरै हुँदा सम्पूर्ण भिडियोको एक्सपिरियन्ज खराब हुन जान्छ। यसबाट बच्नका लागि युट्युबले प्रिमियम सब्सिक्रिप्सन प्लान अफर गरेको छ। 

यो योजनामा प्रयोगकर्ताले विज्ञापन हेर्नुपर्दैन। यसका साथै प्रयोगकर्ताले युट्युब म्युजिकको अनुभव पनि पाउँछन्। यस प्लेटफर्ममा पृष्ठभूमिमा म्युजिक ब्याकग्राउन्डमा प्ले गर्न सकिन्छ। तर, यसका लागि पैसा खर्च गर्नुपर्छ। अर्थात्, प्रयोगकर्ताले युट्युब प्रिमियमको सब्सक्रिप्सन खरिद गर्नुपर्छ।

यदि प्रयोगकर्ताले पैसा खर्च गर्न चाहन्न भने एक अर्को तरिका पनि छ। जसको मद्दतले युट्युबमा विज्ञापन हटाउन सकिन्छ। यसका लागि सेटिङमा सामान्य परिवर्तन गर्नुपर्नेछ।

वेब ब्राउजरमा युट्युब विज्ञापनहरु हटाउन प्रयोगकर्ताले ‘एडब्लक फर युट्युब’ एक्सटेन्सन जडान गर्नुपर्ने हुन्छ। जसको मद्दतले प्रयोगकर्ताले युट्युबमा देखा पर्ने विज्ञापनहरु रोक्न सक्नछन्। 

क्रोमबाहेक यो एक्स्टेन्सनले एज र अन्य ब्राउजरमा पनि काम गर्दछ। यसरी प्रयोगकर्ताहरुले युट्युबमा विज्ञापनमुक्त अनुभव प्राप्त गर्न सक्छन्। 

प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा युट्युब विज्ञापनहरु ब्लक गर्न सक्छन्। तर, यसका लागि प्रयोगकर्ताले थर्ड पार्टी एपको मद्दत लिनुपर्छ। यदि प्रयोगकर्ता चाहन्छन् भने फोनमा पनि ब्राउजरमा यो एक्सटेन्सन प्रयोग गरेर विज्ञापनहरु ब्लक गर्न सक्नेछन्। 

यसबाहेक प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट फ्री एडब्लकर ब्राउजरः एडब्लक एन्ड प्राइभेट ब्राउजर डाउनलोड गर्नुपर्नेछ। यो एप एउटा वेब ब्राउजर हो। जसमा विज्ञापनहरु आउँदैनन्। यसरी प्रयोगकर्ताले फोनमा पनि युट्युब विज्ञापन हटाउन सक्छन्। –एजेन्सी