काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ।
नेप्सेले आउँदा आइतबार (जेठ १४ गते)देखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। मर्जरपछि जेठ १४ गतेबाट एकीकृत कारोबार गर्न लागेका दुवै कम्पनीको मर्जर निर्देशिकाबमोजिम सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। यो निर्देशिकाबमोजिम मर्जर प्रयोजनका लागि बढीमा १५ दिनसम्म सेयर कारोबार रोक्का गर्न पाइन्छ।
मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार हुँदैछ। यी कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले जेठ २ गते, कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरेका थिए।
यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।
युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको सुन्धारामा रहनेछ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago