काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको खुद नाफामा १ सय ३ दशमलव ७५ प्रतिशतको अपत्यारिलो उछाल आएको छ । गत वर्ष ४ करोड ५१ लाख ५२ हजार खुद नाफा आर्जन गरको कम्पनीले यस वर्षको त्रेस्रो त्रैमासमा ९ करोड १९ लाख ९८ हजार खुद मुनाफा आर्जन गरकोे छ । अधिकांश सूचक सकारात्मक देखिएको कम्पनीमा बीमा शुल्क आम्दानी समेत सकारात्मक देखिएको छ । 

खुद मुनाफा आर्जनमा उत्साहजनक प्रगति देखिएको कम्पनीको बीमा शुल्क आम्दानीमा ब्रेक लागेको छ । गत वर्षको तेस्रो त्रेमासका तुलनामा कम्पनीको यस्तो आम्दानीमा करीव २० प्रतिशतले गिरावट आएको देखिएको छ । गत वर्ष ४८ करोड २७ लाख बीमाशूल्क आम्दानी गरको कम्पनीले यस वर्ष ३८ करोड ४९ लाख मात्र बीमाशुल्क आम्दानी गर्न सफल भएको हो । यो गत वर्षको भन्दा ९ करोड ७७ लाख कम हो । 


बीमा शुल्क आम्दानी कमजोर प्रस्तुत भएको देखिएको कम्पनीमा दावी भुक्तानी भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । ५१ हजार २ सय ६६ वटा जारी गरेको कम्पनीमा २४ करोड ३८ लाख दावीभुक्तानी गरिएको छ ।  गत वर्षको यसै अवधिसम्म कम्पनीमा १३ करोड १७ लाखको मात्र दावी भुक्तानी परेको थियो । यो सूचकमा कम्पनीको प्रगति ८५ प्रतिशत देखिएको छ ।


चुक्ता पूँजी ३० करोड २४ लाख रहेको कम्पनीले बीमा समितिको निर्देशन अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव ९१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ६८ दशमलव ५९ रुपैयाँ कायम भएको छ ।