काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अघिल्लो बोलकबोलबाट बिक्न बाँकी रहेको डेढ लाखभन्दा बढी अवितरित संस्थापक समूहको हकप्रद सेयर आज बिहीबारदेखि पुनः लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ ।
कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । त्यो अवधिमा बिक्री हुन बाँकी रहेको संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५४३ कित्ता हकप्रद सेयर गत मंसिर १० गतेदेखि बोलकबोलमार्फत बिक्री खुलाएको थियो ।
उक्त बोलकबोलमार्फत पनि बिक्री हुन बाँकी रहेको संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० कित्ता हकप्रद सेयर पुनः लिलामीमा प्रक्रियाबाट बिक्री खुलाएको हो । कम्पनीले लिलामीमा राखेको हकप्रद सेयर पुस १० गतेसम्म उठाउन सकिनेछ ।
लिलामीमा राख्न लागिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. १०० रुपैयाँ तोकिएको छ । आवेदकले उक्त न्यूनतम मूल्यभन्दा बढी मूल्यमा बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम १ लाख ५७ हजार ६४९.६० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19