काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइतबार युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमेटेडलाई हकप्रद सेयर निकाल्न अनुमति दिएको छ । 

कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत चैत २९ गते २४० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति माग धितोपत्र बोर्डसँग गरेको थियो । धितोपत्र बोर्डको अनुमतिसँगै अब युनाइटेडले छिटै एक सय रुपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रुपैयाँबराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर जारी गर्नेछ । 

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेडको हकप्रद सेयर जारी गरेपछि एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । 

कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ्स नेपालले केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरिसकेको छ ।