काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १५७०.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २८ लाख ५७ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म कम्पनीको विद्युत बिक्रीको आम्दानीमा पनि ४७.५५ प्रतिशतले बढेर ११ करोड ८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ५१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो। 

चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड ८५ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भ ४ करोड २३ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँ, पीई रेसियो २६.८४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १११.५७ रुपैयाँ रहेको छ।