काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरेका साबिक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा सेयर कारोबारमा आउनेछ। यी दुवै कम्पनी १ः०.८२५० अनुपातमा मर्ज भएका छन्। 

मर्जरपछि युनाइटेड अजोडको नाममा कुल १ लाख ९० हजार ४५ हजार ६८० कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेको आजको निर्णयबाट मर्जर प्रक्रियाका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ। 

यो कम्पनीलाई नेप्सेले यूएआईएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता ४८९.४९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।