काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बाँके, कोहलपुरका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।       

हाल कम्पनीको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ ।