काठमाण्डौ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९६ करोड ६१ लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै जेठ १८ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ करोड मूल्यको २१ लाख ३ सय ५० कित्ता आइपीओ निश्कासनको गर्नेछ ।
कम्पनीले दोलखा जिल्लाका सर्वसाधारण(आयोजना प्रभावित क्षेत्रका बासिन्दा)का लागि २१ करोड मूल्यको आइपीओ निश्कासन गर्नेछ । त्यसपछि सर्वसाधारण लगानीकर्ताका लागि ७५ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ ।
कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई यसअघि नै नियुक्त गरिसकेको छ ।
हाल यो कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना गौरीशंकर गाउँपालिकाको वडानम्बर ५, ६ र ८ मा अवस्थित छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago